देउवामाथि शेखरको गम्भीर आरोपः ‘देउवाबाट न इमान जोगियो, न विधान’

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १७ गते ९:०९
देउवामाथि शेखरको गम्भीर आरोपः ‘देउवाबाट न इमान जोगियो, न विधान’

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापती शेरबहादुर देउवालाई सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउँन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापती बन्न आग्रह गर्नुभएको छ ।

बहुमतको आधारमा महाधिवेशनको मिती तोकिनु दुर्भाग्य भएको भन्दै कोइरालाले कांग्रेस पार्टीको ईतिहाँसमा यस्तो कहिल्यै नभएको बताउनुभयो। कोइरालाले शेरबहादुर देउवा सिंगो पार्टीको नभई गूटको सभापती बनेकाले समस्या आएको समेत बताउनुभयो ।

सभापतीकै कारण भात्रृ एवं शुभेच्छुक संगठनहरु लथालिंग भएको भन्दै कोइरालाले सभापती देउवाले नैतिक बल गुमाईसकेकाले वाईडबडी र यति होल्डिङ्स जस्ता जघन्य भ्रष्ट्राचारका मुद्दामा प्रतिपक्षको हैसियतले आवाज उठाउँन नसकेको बताउनुभयो ।

कोइरालाले आफु पार्टी मजबुत बनाउँने अभियानमा लागेकाले कसैसँग आग्रह र पुर्वाग्रह नराखेको स्पष्ट समेत स्पष्ट पार्नुभयो । ४४औं राष्ट्रिय मेलमिलापको अवसरमा नेपाली कांग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कम्युनिष्टहरुको उग्रराष्ट्रवादले मुलूकको राष्ट्रियता कमजोर बनेको आरोप लगाउनुभयो ।

प्रकाशित : २०७६ पुष १७ गते ९:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI