No ads found for this position

आजदेखि देशभर वर्षा तथा हिमपातको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १७ गते १०:२६
No ads found for this position
आजदेखि देशभर वर्षा तथा हिमपातको सम्भावना
No ads found for this position

आज (बिहीबार) देशका विभिन्न ठाउँमा बदली तथा वर्षा हुने र हिमाली तथा पहाडी भेगमा भारी हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार अहिले सुदूरपश्चिमको डेडेलधुरा, डोटी, बैतडी आसपासका क्षेत्रमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परिरहेको छ।  बिहीबार पश्चिमको मौसम पूर्णरुपमा खुल्ने सम्भावना नभए पनि मध्य र पूर्वी भेगमा मौसम एकैछिन खुले पनि फेरि बादल लागिहाल्ने मौसमविद्को भनाइ छ। त्यस्तै शुक्रबार पनि देशभर मौसम बदली भइ विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ। 

प्रकाशित : २०७६ पुष १७ गते १०:२६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI