No ads found for this position

पितृ मोक्ष महायज्ञ सुरु नहुदै दान दिने बढे

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १७ गते १४:४३
No ads found for this position
पितृ मोक्ष महायज्ञ सुरु नहुदै दान दिने बढे
No ads found for this position


आशिस रेग्मी ।
नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमारा नवलपुरद्वारा पौष २७ गते देखी माघ ०६ गतेसम्म आयोजित पितृ मोक्ष धनधान्याचल एबं बिराट ज्ञान महायज्ञ नजिकिदै जादा ब्यक्तिगत तथा पारिवारिक रुपमा दान दिने क्रम सुरु भएको छ । केहिले औपचारिक रुपमा नै दान रकम हस्तान्तरण गर्ने गरेका छन भने केहिले दान रकमको प्रतिबद्धता ब्यक्त गर्ने गरेका छन । सोही क्रममा मध्यबिन्दु ०७ चोरमाराका( हाल नर्बे निवासि) हरि पाठकले आफ्नो परिवारको तर्फबाट रु ३१,१११ (अक्षरुपी एकतिस हजार एक सय एघार) सहयोग गर्नुभएको छ । पाठक नबजागरण क्याम्पसका पुर्ब बिध्यार्थी हुनुहुन्छ । उहाँले क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिका लागि आफुले सक्दो दान गरेको आफ्नो फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।

यस अघि पोर्चुगल बस्दै आउनुभएका कृष्ण शर्मा सुबेदिले (पुर्ब बिध्यार्थी) पनि फेसबुकमा सोही भावनाको स्टाटस लेख्दै रु २५,५५५ सहयोग गर्नुभएको थियो । आयोजकले महायज्ञको मिति नजिकिदै गर्दा तयारिलाई तीब्र गराएकोछ भने महायज्ञलाई लिएर आफुहरु निकै उत्साहित रहेको र सफल हुनेमा आश्वस्त रहेको आयोजकले बताउदै आएका छन ।

महायज्ञमा केदारनाथका पिठाधिश शिवाचार्य महाराजद्वारा पितृ मोक्षका लागि बिशेष पुजाको ब्यवस्था गरिने आयोजकले जानकारी दिएको छ । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञमा १५ करोड संकलन हुने अपेक्षा राखिएको आर्थिक समिती संयोजक प्रकाश पङ्गेनिले बताउनुभएको छ ।

प्रकाशित : २०७६ पुष १७ गते १४:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI