देवचुलीमा जारी भलिबल प्रतियोगितामा आज तीन खेल सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १७ गते १७:४१
देवचुलीमा जारी भलिबल प्रतियोगितामा आज तीन खेल सम्पन्न

होमनाथ पौडेल/देवचुली

जनजागृत युवा क्लब देवचुली-९ द्वारा आयोजित जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल सम्पन्न भएका छ्न । देवचुली-८ आँपटारी र आयोजक बिच भएको खेलमा देवचुली-८ आँपटारी विजयी भएको छ । यसै गरि रियान्स सप्लायर्स देवचुली ९ र आयोजक बिच भएको खेलमा रियान्स सप्लायर्स विजयी भएको छ भने आजै सम्पन्न कृयटिभ युवा सन्जाल देवचुली-४ र आयोजकबिच खेलमा आयोजक विजयी भएका छ्न । आजको कार्यक्रममा प्रमुख अतिथीका रुपमा व्यक्तिगत रुपमा सर्वाधिक आर्थिक सहयोग गर्नुभएका देवचुली ९ निवासी टोल बहादुर सारु रहनुभएको थियो। खेल संचालनका लागी उहाँले रु.१८०००/- सहयोग गर्नुभएको थियो। जनजागृत युवा क्लवले पुसे १५ को अवसरमा विगत २५ बर्षदेखी भलिबल खेल सन्चालन गर्दै आइरहेको छ।

प्रकाशित : २०७६ पुष १७ गते १७:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI