कर्णाली जीप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट कोहलपुर लगियाे, मृतक सबैको सनाखत (अपडेट)

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १७ गते १७:५८
कर्णाली जीप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट कोहलपुर लगियाे, मृतक सबैको सनाखत (अपडेट)

पुस १७ । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरबाट कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा घाइते भएका चार जनालाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । उहाँहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट दिउँसो ४ः ३० बजे कोहलपुर लगिएको हो ।
साथै घटनामा मृत्यु भएका चारै जनाको सनाखत भईसकेको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रज मोहन कुँबरले बताउनुभयो । साथै बेपत्ता हुनेमा बाजुरा जिल्ला स्वामीकार्नी गाउँ पालिकाका अन्दाजी वर्ष १३ कि सुशीला विक रहेको छ प्रज कुँबरले जानकारी दिनुभयो ।

प्रकाशित : २०७६ पुष १७ गते १७:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI