कपिलवस्तु
नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कपिलबस्तु क्षेत्र नम्बर-३ का सांसद अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आज ज्यानमार्ने उद्योग अन्तरगत निवेदन दर्ता गरेसँगै पक्राउ पुर्जी जारी भएको हो ।
सांसद शाहले कपिलबस्तुको कृष्णनगर नगरपालिका-३ का श्याम मिश्रालाई झण्डै दुईहप्ता अघि कुटपिट गरेका थिए ।ज्यानमार्ने उद्देश्यले कुटपीट गरेको भन्दै सांसद शाहविरुद्ध कारबाहीका लागि उजुरी दर्ता हुनुपर्ने मागसहित स्थानीयले आन्दोलन गर्दै आएका थिए ।जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले बिहीबार उजुरी दर्ता गरेसँगै पक्राउ पुर्जीसमेत जारी भएको जनाएको छ ।सांसद शाहलाई अब पक्राउ गर्ने बाटो खुलेको छ । उनले गएको स्थानीय तहको निर्वाचनमा आफ्ना काकाविरुद्ध उम्मेदवारी दिएर हराएको आरोपमा मिश्रालाई कुटपिट गरेका हुन् ।मिश्राले उम्मेदवारी दिएपछि सांसद शाहका काका स्थानीय चुनावमा पराजित भएका थिए ।
प्रकाशित : २०७६ पुष १७ गते २०:२७
No ads found for this position
Facebook Comment