नवलपुर
नेपाल रेडक्रस सोसाईटी नवलपुरले समुदायमा आधारित विपद जोखिम न्यूनीकरणका तीन वर्षीय परियोजना सञ्चालन गर्ने भएको छ । जापानिज रेडक्रस सोसाईटीको आर्थिक सहयोगममा नेपालको नवलपुर, प्युठान र रुकुम पूर्वका तीन जिल्लामा यो परियोजना सञ्चालन गर्ने जापानीज रेडक्रस सोसाईटीका वरिष्ठ योजना अधिकृत सुशिल सुवेदीले जानकारी दिए । परियोजना सञ्चालन गर्न ८ स्थानीय तह मध्ये सवैभन्दा जोखिम क्षेत्रमा कार्य गर्न सरोकारवालाहरु बीच कावासोतीमा विहिबार अन्तरकृया गरेको छ । बाढी, पहिरो, आग्लागी, भुकम्प, सडक दुर्घटना, सर्पदंश, जंगली जनावरको प्रकोप, यातायात, शिक्षा, स्वास्थ्यमा पहुंच, स्थानीय तहको चासो र नीतिगत योजना, जुनियर युवा रेडक्रस शर्कलको कृयाशिलता आधारमा स्थानीय तहको प्राथामिकता निर्धारण गरेको छ ।विनयी त्रिवेणी गाउंपालिका र मध्यविन्दु नगरपालिका सवैभन्दा बढी जोखिम रहेकोले परियोनाको पहिलो प्राथामिकतामा राख्ने भेलाले निर्णय गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला सभापति मदनभक्त अधिकारीले जानकारी दिए ।यसैगरी दास्रो प्राथामिकतामा वौंदीकाली, तेस्रोमा हुप्सेकोट र चौंथोमा वुलिङ्गटार गाउंपालिकालाई निर्धारण गरेको छ । यसैगरी नगरपालिकाहरुमा दोस्रो कावासोती, तेस्रो देवचुली र चौथो प्राथामिकतामा गैंडाकोटलाई समावेश गरेको छ ।भेलाबाट आएका सुझाव, विभिन्न निकायको तथ्याङ्क, क्षेत्रगत अनुगमन पश्चात कुन पालिकालाई आधार बनाएर योजना सञ्चालन गर्ने भन्ने पछि निर्णय गर्ने जापानिज रेडक्रस सोसाईटीका नेपालका लागि योजना, अनुगमन, मुल्याङ्कन तथा प्रतिवेदन अधिकृत प्रवेश न्यौपानेले जानकारी दिए ।तीन वर्षसम्म सञ्चालन हुने परियोजना अन्तरगत विपद जोखिम न्यूनिकरणका लागि समुदायको क्षमता अभिवृद्वि गर्ने, स्थानीय तहमा नीतिगत योजना निर्माणमा सहजिकरण गर्ने नेपाल रेडक्रस सोसाईटीका वरिष्ठ अधिकृत उमेश ढुङ्गानाले बताए ।कार्यक्रममा जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिका सदस्य सचिव तथा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द भुषाल, मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर राना, गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, शिक्षा ईकाई तथा समन्वय कार्यालय प्रमुख कृष्णचन्द्र पोख्रेल, गैर सरकारी संस्था महासंघ नवलपुलरका अध्यक्ष वद्री नाथ नेपाल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष नारायण शर्मा, नेपाल रेडक्रस सोसाईटीकी अधिकृत पल्लवी सिङ, जुनियर युवा रेडक्रस जिल्ला समिति संयोजक केबी राना, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, उपशाखाका पदाधिकारी, सरकारी तथा गैरसरकारी संघ संस्थाका पदाधिकारी, प्रभावित क्षेत्रका अगुवाहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाईटी मन्त्री काशीराम पाठकले गरेका थिए ।
प्रकाशित : २०७६ पुष १८ गते ९:५५
No ads found for this position
Facebook Comment