No ads found for this position

नारायणकाजी सहित नेकपाले टुङ्गायो राष्ट्रियसभाका उमेदवार

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १८ गते ११:३९
No ads found for this position
नारायणकाजी सहित नेकपाले टुङ्गायो राष्ट्रियसभाका उमेदवार
No ads found for this position

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ ।पार्टीको शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो । यसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहेका छन् । उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ । उनी गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित भएका थिए । त्यस्तै, अर्का शीर्ष नेता बेदुराम भुषाल पनि उम्मेदवार रहेका छन् । राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ ।

हेर्नुहोस् को कहाँ ?
प्रदेश-१

इन्दु गौतम (महिला)
गोपी अछामी (दलित)
देवेन्द्र दाहाल (अन्य)

प्रदेश–२ मा

तुलसा दाहाल (महिला)
राधेश्याम पासवान (दलित)

प्रदेश ३ मा

गंगा वेल्वासे (महिला)
वेदुराम भुसाल (अन्य)

गण्डकी

नारायणकाजी श्रेष्ठ (अन्य)
भगवती न्यौपाने (महिला)

प्रदेश–५

विमला घिमिरे (महिला)
जगप्रसाद शर्मा (अपांगता/अल्पसंख्यक)
गोपाल भट्टराई (अन्य)

कर्णालीमा

मायाप्रसाद शर्मा (अन्य)
सुमित्रा बिसी (महिला)

सुदुरपश्चिममा

तारामान स्वार (अन्य)
शारदा भट्ट (महिला)

प्रकाशित : २०७६ पुष १८ गते ११:३९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI