अकालमा ज्यान गुमाउनेको आत्मशान्तिका लागि पितृमोक्ष महायज्ञमा विशेष पुजा

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १८ गते १३:३७
अकालमा ज्यान गुमाउनेको आत्मशान्तिका लागि पितृमोक्ष महायज्ञमा विशेष पुजा

आशिष रेग्मी/चोरमारा

नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमारामा यहि पौष २७ गतेदेखि माघ ०६ गतेसम्म हुने श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल सङ्गितमय बिराट ज्ञान महायज्ञमा अकालमा मृत्यु भएका मानिसहरुको मोक्षका लागि बिशेष पुजा गरिने भएको छ । सडक दुर्घटना,प्राकृतिक प्रकोप,आगलागी,जंगली जनावरको आक्रमण लगायत विभिन्न दुर्घटना बाट अकालमा मृत्युवरण गरेका मानिसहरुको आत्माको शान्तिका लागि पुजाको ब्यवस्था गर्न लागिएको बताईएको छ । अकालमा मृत्यु भएका मानिसहरुको आत्मा भड्किने र भड्किएको आत्माको मोक्षका लागी नारायण वलि सहितको सप्ताह वा बिशेष पुजा गर्नुपर्ने गरुण पुराणमा उल्लेख छ ।भड्किएको आत्माको शान्तिका लागी महायज्ञमा धार्मिक ग्रन्थहरुमा उल्लेखित सबै विधि अपनाएर पुजा गरिने महायज्ञ मुल आयोजक समितिका संयोजक चेतनाथ तिवारिले बताउनुभएको छ ।
“आफ्ना परिवारका सदस्यहरु अकालमा गुमाउनुभएको छ भने महायज्ञको सचिवालयमा सम्पर्क गर्नसक्नुहुनेछ हामी उहाँको (स्वर्गीय)नाममा विशेष पुजा गर्नेछौ ” तिवारीले अकालमा परिवारका सदस्य गुमाउनुभएका महानुभाबलाई महायज्ञको सचिवालयमा सम्पर्क गर्न अनुरोध समेत गर्नुभएको छ । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न,अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो ।

प्रकाशित : २०७६ पुष १८ गते १३:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI