No ads found for this position

आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १८ गते १३:४६
No ads found for this position
आगलागी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण
No ads found for this position

विवेक भण्डारी/देवचुली

देवचुली नगरपालिका वडा नम्बर २ मा गत मंसिर ७ गते व्यवसायीक टहरामा भएको आगलागी पिडितलाई शुक्रवार देवचुली नगरपालिका वडा नम्बर २ र देवचुली नगरपालिकाकाको कार्यलयबाट आर्थिक सहयोग प्रदान गरिएको छ । नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा एक कार्यक्रम नै आयोजना गरि आगलागी पिडित तुलसी प्रसाद चौधरी र तुलसी जैसिलाई वडाको तर्फबाट ५० हजार र नगरपालिकाको कार्यलयबाट ५० हजार गरी १ लाख रकमको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाको मेयर राहत कोषमा रहेको रकम आगलागी पिडितलाई प्रदान गरेको जानकारी गराए ।

आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुषालको समेत विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीको अध्यक्षतामा आयोजना गरिएको थियो । यस्तै आगलागि पिडितलाई उक्त क्षेत्रको टोल सुधार समितिले पनि नगद ६ हजार रुपैया प्रदान गरिएको टोल विकास समितिका अध्यक्ष गंगाधर सुवेदीले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रमको सहजिकरण दिव्य युवा समाज दुम्कौलीका सहसचिव विवेक भण्डारीले गरेका थिए ।

प्रकाशित : २०७६ पुष १८ गते १३:४६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI