वर्षा र हिमपातको कारणले आन्तरिक उडान अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १८ गते १४:३८
वर्षा र हिमपातको कारणले आन्तरिक उडान अवरुद्ध

काठमाडौं । बाक्लो कुहिरो, वर्षा र हिमपातले पहाडी तथा हिमाली भेगको हवाई सेवा प्रभावित भएको छ ।

काठमाडौं विमानस्थलका अनुसार तराईका विमानस्थल र अन्तर्राष्ट्रिय उडान जारी रहे पनि पहाडी र हिमाली भेगका विमानस्थलमा उडान प्रभावित भएको छ ।

पोखरा-काठमाडौं उडान अहिले रोकिएको छ । सुर्खेत र दाङमा समेत काठमाडौंबाट शुक्रबार जहाज जान सकेन । नेपालगञ्जबाट दुर्गम भेगमा हुने सबै उडान अहिलेसम्म हुन नसकेको विमानस्थल कार्यालयले जनाएकाे छ ।

प्रकाशित : २०७६ पुष १८ गते १४:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI