No ads found for this position

वर्षाले पश्चिम नवलपरासीमा लाखौंको इँटामा क्षति

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १८ गते १८:०२
No ads found for this position
वर्षाले पश्चिम नवलपरासीमा लाखौंको इँटामा क्षति
No ads found for this position

उमेश बि.क / नवलपरासी ,१८ पुस

वर्षाले पश्चिम नवलपरासीमा लाखौं मूल्य बराबरको इँटामा क्षति पुगेको छ। नवलपरासीको सरावल गाउँपालिका वडा नं.५ बडहरा दुबाैलियामा अवस्थित जय बजरंग इट्टा उद्योगमा नै करिब १५ लाख इट्टा नाेक्सान भएको छ। शुक्रबार बिहानदेखि परेको वर्षाले जिल्लाका विभिन्न ठाउँमा रहेका इँटा उद्योगमा लाखौं मूल्यकाे काँच्चो इँटामा क्षति पुगेको छ।

वर्षाका कारण पोल्नका लागि तयारी अवस्थामा राखिएको इँटा काम नै नलाग्ने गरी बिग्रिएको छ। लगातारको वर्षाले गर्दा इँटा बनाएर राखेका ठाँउहरु पानी जमेको छ। पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटाहरु काम नै नलाग्ने भएर बिग्रएपछि उद्योग संञ्चालकहरु चिन्त्तामा रहेको जय बजरंग इट्टा उद्योग सरावल ५ बडहरा दुबाैलियाका म्यानेजर जन्मेजय यादवले जानकारी दिए। ‘हिउँदे वर्षाले काँच्चो इट्टामा क्षति पुर्‍याएको छ’, म्यानेजर यादवले भने, ‘नवलपरासी जिल्लामा रहेका प्रत्येक इँटा उद्योगहरुमा दशलाख देखि २० लाखसम्म पकाउनका लागि तयारी अवस्थामा राखिएको काँच्चो इँटा रहेका छन्।’ अहिले जिल्लामा संचालित इट्टा उद्योग संचालकहरु मर्कामा परेका छन्।

मंसिर महिनादेखि बैशाख महिनासम्म इट्टा उत्पादनको समय हो। बर्षभरीको माग धान्नका लागि सोही समयमा करोडौं इट्टाहरु तयार पारेर राखिन्छ। तर, यसबर्ष सिजनकै मध्यभाग पुसको दाेस्राे हप्तातिर परेको वर्षाका कारण करोडौं इट्टा गलेर नष्ट भएको यादवले बताए। ‘सिजनको मध्य भाग पुस तिर परेको वर्षाका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु परेको छ’, यादवले भने, ‘यसले यस बर्ष नवलपरासीमा इट्टाँ उत्पादन कम हुने निश्चित भएको छ।’

काँचो इट्टाँ तयार पारेपछि चिम्नी राख्ने तयारी भएको गर्दै गर्दा वर्षाले क्षति बनाएको हो। झमझम पानी परेको बेलामा खुल्ला आकाशमुनि रहेका इट्टाको स्याहार गर्न नसकिएको व्यवासायीहरुले बताए।

प्रकाशित : २०७६ पुष १८ गते १८:०२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI