सहमतिमा कार्यसमिति चयन गर्दै विराट सामुदायिक वनको विशेष अधिवेशन सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १८ गते १९:४४


बिराट सामुदायिक बन उपभोक्ता समूह हुप्सेकोट-०३ को विशेष अधिबेशन सम्पन्न भएको छ । यस अघि पौष १२ गते गर्ने भनिएको विशेष अधिबेशन सहमतिका लागि भनी पौष १६ गतेका लागि सारिएको थियो ।

तोकिएको मितिमा पनि सहमती हुन नसकेपछी घनिभुत छलफल पश्चात् आज निबर्तमान कोषाध्यक्ष प्रेम बहादुर कार्कि नयाँ कार्यसमितिको अध्यक्ष रहने गरि सहमतीको समिती घोषणा गरिएको हो ।

जसको उपाध्यक्षमा वीर बहादुर बिसि,सचिबमा उषा खांड,सह-सचिबमा बिक्रम कंडेल, कोषाध्यक्षमा मीन बहादुर कुमाल सहित १५ सदस्यीय नयाँ कार्यसमिती गठन गरिएको छ । त्यस्तै लेखा संयोजकमा गुरु प्रसाद सुबेदी,सल्लाहकार समिती संयोजकमा तारा बहादुर कार्की,सुरक्षा समिती संयोजकमा थर्क बहादुर ओन्टाकी,बन्यजन्तु संरक्षण तथा लागू औषध न्युनिकरण समिती संयोजकमा श्री राम सुवेदी,कार्यबिधी निर्माण समिती संयोजकमा पिताम्बर कोईराला,अनुगमन समिती संयोजकमा टेकनाथ सिग्देललाई जिम्मेवारी दिइएको छ । पौष १२ गते सातौ साधारण सभा सम्पन्न गरेर सहमतीको समिती निर्माणका लागि बहुपक्षीय छलफल अघि बढाईएको थियो । नबनिर्बाचित समितिको कार्य अबधी ३ बर्ष रहनेछ ।

प्रकाशित : २०७६ पुष १८ गते १९:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI