उखु किसान र सरकारबीच पाँच बुँदे सहमति

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १९ गते ७:३६
उखु किसान र सरकारबीच पाँच बुँदे सहमति

केही दिनदेखि उखुको भुक्तानी नपाएको भन्दै राजधानी केन्द्रित आन्दोलन गरीरहेका उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ ।
सम्झौतामा यही माघ सात गते भित्र उखु किसानले पाउनु पर्ने सम्पूर्ण भुक्तानी पाउने व्यबस्था मिलाउने, किसानलाई उखुको उत्पादकत्व बढाउन सरकारले सहयोग गर्ने लगायतका विषय समेएिको छ । सहमति अनुसार किसानले आफ्नो काठमाडौं केन्द्ति विरोध कार्यक्रम स्थिगित गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेतृत्वको सरकारी टोली र उखु किसानबीच मन्त्रालयमा वार्ता भएको थियो ।
दुबै पक्षबीच यस अघि पुस २५ गतेभित्र दिन बाँकी ८० प्रतिशत रकम मुक्तानी दिने र माघ ७ गते भित्र पूर्ण रुपमा भुक्तानी दिने मौखिक सहमति भएको थियो ।

सहमति पत्र 





प्रकाशित : २०७६ पुष १९ गते ७:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI