अनेरास्ववियुको एकता टुङ्गियो- नवलपुरबाट सिग्देल केन्द्रिय सदस्य

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १९ गते १३:०४
अनेरास्ववियुको एकता टुङ्गियो- नवलपुरबाट सिग्देल केन्द्रिय सदस्य

काठमाडौँ, पुस १९ गते । सत्तारुढ दल नेकपा निकट विद्यार्थी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले केन्द्रीय कमिटीको एकता टुंग्याएको छ । शुक्रबार बसेको बैठकले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहने गरी टुंग्याएको हो । जसमा साविक अनेरास्ववियुबाट १८० र अनेरास्ववियू (क्रान्तिकारी)बाट १५५ सदस्य रहने गरी केन्द्रीय कमिटी टुंग्याएको हो ।
त्यस्तै केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुने अनेरास्ववियू संयोजक र सहसंयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नवलपुरबाट हरिप्रसाद सिग्देल केन्द्रिय सदस्य भएका छ्न

प्रकाशित : २०७६ पुष १९ गते १३:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI