काङ्ग्रेसले टुङ्गायो राष्ट्रियसभाका उमेदवारहरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १९ गते १५:३४
काङ्ग्रेसले टुङ्गायो राष्ट्रियसभाका उमेदवारहरु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवार छानेको छ।
पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। बाँकी २ उम्मेदवारको नाम शनिबार साँझसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ।
रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकले उम्मेदवार छानेको हो। ‘बाँकी २ जना उम्मेदवारको नाम पनि टुंगो लागेपछि औपचारिक रूपमा निर्णय सार्वजनिक हुन्छ,’ उनले भने।


यी हुन् कांग्रेस उम्मेदवार:
प्रदेश नम्बर १:
पाँचथरका निरबहादुर विश्वकर्मा (दलिततर्फ)
सुनसरीकी मीना पुलामी मगर (महिला)
झापाका राजेन्द्र घिमिरे (अन्य)

 प्रदेश नम्बर २:
महोत्तरीकी नगिना यादव (महिला)
धनुषाका भोला पन्जियार (अल्पसंख्य/अपांगता)

 प्रदेश नम्बर ३:
सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ (अन्य)
चितवनकी छलीकुमारी शर्मा उपाध्याय (महिला)

 गण्डकी प्रदेश
स्याङ्जाका सूर्यप्रसाद रेग्मी (अन्य)
म्याग्दीकी विमला गौचन (महिला)

 प्रदेश नम्बर ५

अर्घाखाँचीका बालकृष्ण पाण्डे (अन्य)
दाङकी गिरिजा न्यौपाने (महिला)
बाँकेकी मेराज हलवाई (अल्पसंख्यक/अपाङ्गता)

 कर्णाली प्रदेश उम्मेदवार टुंग्याउन बाँकी
सुदुरपश्चिम प्रदेश

बैतडीका प्रताप ठगुन्ना (अन्य)
कैलालीकी तुलसी देवकोटा (महिला)

प्रकाशित : २०७६ पुष १९ गते १५:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI