कमान्डरको ट्रेलर सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १९ गते २१:५०
कमान्डरको ट्रेलर सार्वजनिक

एलआर विवेक सापकोटाको निर्देशनमा बनेको फिल्म ‘कमाण्डर’ को एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । माघ १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा अभिनेता अनुपबिक्रम शाही र रोविन तामाङबीचको टकराव देख्न सकिन्छ । फिल्ममा अनुप प्रहरी अफिसरको भूमिकामा छन् । भने, रोविन तस्करको भूमिकामा प्रस्तुत छन् ।  सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको फिल्म ‘कमाण्डर’ मा अनुपबिक्रम र रोविनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् । फिल्मको सह-निर्मातामा सावन जंग राना छन् । फिल्म राम्रो बनेको निर्देशक सापकोटा बताउँछन् । ‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलिबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको बताइएको छ । दिब्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । निर्माण भएको लामो समयपछि फिल्म प्रदर्शन हुन लागेको हो । 

हेर्नुहोस ट्रेलर

प्रकाशित : २०७६ पुष १९ गते २१:५०
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI