कावासोती-१०मा मृत गैडा फेला: करेन्ट लागेर मरेको आशंका

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २० गते १०:५२
कावासोती-१०मा मृत गैडा फेला: करेन्ट लागेर मरेको आशंका

कावासोती/२० पौष
कावासोती-१० चित्रनगरमा अन्दाजी ५/६ वर्षको जस्तो देखिने गैडा मृत फेला परेको छ । स्थानीय मोहनीलाल पन्थीको तोरी बारीमा गैडा मृत फेला परेको लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताए । तोरी बारीमा गैडा ढलेको अवस्थामा देखेपछी स्थानीयले प्रसासनलाई खबर गरेका थिए । थप अनुसन्धानको लागि चितवन राष्ट्रिय निकुञ्जको टोलि घटनास्थल तर्फ आउदै गरेको पौडेलले बताए । करेन्ट लागेर गैडा मरेको हुन सक्ने आशंका गरिएको छ । यतिबेला घटनास्थलमा नेपाली सेनाको टोलीले सुरक्षा दिईरहेको छ ।

प्रकाशित : २०७६ पुष २० गते १०:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI