विवेक भण्डारी
नेपाल भरि संञ्चालित प्रकृतिक चिकित्सा र योग अस्पताल एसोसिएशन नेपालको उपाध्यक्षमा प्रकृतिक चिकित्सालय रजहर नवलपुरका व्यवस्थापक हरी सापकोटा चयन भएका छन । शनिवार काठमाण्डौमा भएको भेलाले सुदर्शन बस्नेतको अध्यक्षतामा १३ कार्य समिति गठन गरेको छ । भेलाले बरिष्ठ उपाध्यक्षमा डा जनकबहादुर बस्नेत, महासचिवमा डा रविनलाल श्रेष्ठ, खुल्ला उपाध्यक्षमा डा दिपा पाण्डे, सामान्य सक्रेटरीमा रुपेश अधिकारी, कोषध्यक्षमा डा आनन्द गैरे सदस्यहरुमा डा क्षितिज बराकोटी, डा आयूषा अधिकारी, नम्रता न्यौपाने, ध्रुब घिमिरे,सरस्वती पन्थि भुषाल र शिव पौडेललाई चयन गरिएको छ ।
प्रकाशित : २०७६ पुष २० गते ११:१६
No ads found for this position
Facebook Comment