विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २० गते १५:४१
विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा किजाकेथिल नौसाद छन्।

यूएईको सारजहाबाट आएका उनले क्याप्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए। तर, विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले अनलाइनखबरलाई बताए।

यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट दुई सय ग्राम हिरा बरामद भएको छ ।

भन्सार क्षेत्र कटिसकेपछि शंका लागेर काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा पेटमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित : २०७६ पुष २० गते १५:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI