मोनीका श्रेष्ठ मेमोरियल ट्रष्टद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २० गते १७:४८
मोनीका श्रेष्ठ मेमोरियल ट्रष्टद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण


नारायण प्रभु
२० माघ नवलपुर
मोनीका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आईतवार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । कावासोती नगरपालिका वडा नम्बर १ वालुवाडाडामा रहेको जलदेवी प्राथमिक विद्यालयका सम्पूर्ण १८ जना विद्यार्थीलाइ न्यानो कपडा वितरण गरेको हो ।


विपन्न, असहाय बालवालिकाहरुको शिक्षा स्वाथ्यमा सहयोग गर्ने उदेश्यले समाजसेवी श्याम श्रेष्ठ र दिलमायां श्रेष्ठ की स्व. छोरी मोनीकाको स्मृतिमा ट्रस्ट स्थापना गरिएको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताउनुभयो । सोहि अनुसार ट्रस्टको पहिलो कार्यक्रम अन्तरगत वडा नम्बर १ को पहाडी क्षेत्रमा पर्ने जलदेवी प्राथमिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने १८ जना विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिएको संरक्षक श्रेष्ठले जानकारी दिनुभयो । वडा नम्बर १ का वडा अध्यक्ष नारायण प्रसाद पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजसेवी एवं स्व. मोनीकाका पिता श्याम श्रेष्ठ, वडा सदस्य माया गुरुङ, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुक बहादुर विरकट्टा, विद्यालयका प्रध्यानाध्यपक सुमित्रा भुसाल, मोनीका श्रेष्ठ मेमोरियल ट्रष्टका सदस्य आस्था श्रेष्ठ, विद्यार्थी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष नारायण पन्तले डेड वर्षिय छोरी मोनीकाको स्मृतिमा संचालन गरेको ट्रस्ट मार्फत विद्यार्थीहरुलाई गरेको सहयोगको प्रशंशा गर्नुभयो । आगामी दिनमा पनि ट्रस्टले विकटका वालवालिकाको शिक्षा स्वास्थ्यमा सहयोग गरोस भन्दै आफुले ट्रस्टको लागि सकारात्मक सहयोग गर्ने अध्यक्ष पन्तले बताउनुभयो ।


हिजोका दिनमा मठमन्दिरलाई नगद दिदै सहयोग गरेका दिनहरु स्मरण गर्दै ट्रस्टका सदस्य आस्था श्रेष्ठले अब ट्रस्ट मार्फत वालवालिकाको शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने बताउनुभयो । त्यस्तै यस विद्यालयलाई अब हरेक वर्ष दश हजार रुपौया प्रदान गर्ने घोषणा गर्दै सदस्य श्रेष्ठले बुवा श्याम श्रेष्ठ र आमा दिलकुमारी श्रेष्ठ(सविना) को आम्दानीको २० प्रतिशत ट्रस्ट मार्फत वालवालिकहरुलाई सहयोग गर्ने जानकारी दिनुभयो ।


चिसो बढेसंगै विद्यार्थीहरुलाई विद्यालय आउन र अध्ययन गर्न समस्या भएको अवस्थामा ट्रस्टले गरेको सहयोगले विद्यार्थीहरुलाई पढाईप्रति केन्द्रित हुन सहयोग पुग्ने विद्यालयले जनाएको छ ।

आदिवासी,जनजाती समुदायको बस्ती रहेको वालुवाडाडामा विद्यार्थीहरुलाई विभिन्न संघसस्थाको सहयोगमा पढाउदै आएको विद्यालयका प्रध्यानाध्यपक सुमित्रा भुसालले बताउनुभयो । अगामी दिनमा पनि ट्रस्ट मार्फतको सहयोगको अपेक्षा गर्दै न्यानो कपडा वितरणमा विद्यालयलाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गनुभयो । कावासोती बजारबाट ११ किलोमिटर उत्तरमा पर्ने यस विद्यालयमा आदिवासी, जनजाती समुदायका वालवालिका अध्ययन गर्ने गर्दछन । यहा आर्थिक अवस्था कमजोर भएका करण कतिपय विद्यार्थी विद्यालय नआउने र विचैमा छोड्ने जस्ता समस्याहरु रहेको छ ।

प्रकाशित : २०७६ पुष २० गते १७:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI