देवचुलीमा जारी भलिबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २० गते १७:५९
देवचुलीमा जारी भलिबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सुरु

होमनाथ पौडेल/देवचुली

जनजागृत युवा क्लब देवचुली ९ विशालटारद्वारा आयोजित २५ औँ जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताका आज दोस्रो चरणका दुई खेल सम्पन्न भएका छन्।
कावासोती-४ हँसौरा र कालिका देउराली टोल देवचुली-९ बिच भएको खेलमा कावासोती-४ हँसौराले विजय प्राप्त गरि क्वाटर फाइनलमा प्रवेश गरेको छ। त्यसैगरी कालिका एग्रोभेट देवचुली-१५ र जि.एम. समाज, कावासोतीबिच भएको खेलमा कालिका एग्रोभेट देवचुली-१५ ले विजय प्राप्त गरि क्वाटर फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार,मेडल र प्रमाणपत्र, द्धितीय हुने टिमलाई रु २५ हजार मेडल र प्रमाणपत्र र सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
जनजागृत युवा क्लवले पुसे १५ को अवसरमा विगत २५ बर्षदेखी भलिबल खेल सन्चालन गर्दै आइरहेको छ।

प्रकाशित : २०७६ पुष २० गते १७:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI