पितृ मोक्ष महायज्ञ तयारी अन्तिम चरणमा:संस्थागत रुपमा दान दिने बढे

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २१ गते ७:५२
पितृ मोक्ष महायज्ञ तयारी अन्तिम चरणमा:संस्थागत रुपमा दान दिने बढे


नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमारामा यहि पौष २७ गतेदेखि माघ ०६ गतेसम्म हुने श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको वडा तथा टोल स्तरिय प्रचार प्रसार समिती गठनको क्रमलाई तिब्रता दिईएको छ । प्रचारप्रसारलाई विभिन्न पालिकाको वडा सम्म पुर्याउनका लागि यस्तो समिति गठन गर्न लागिएको हो । जसअन्तर्गत अहिले सम्म मध्यबिन्दु नगरपालिकाको अधिकांश वडा तथा बिनयी त्रिबेणि गाउँपालिका र कावासोती नगरपालिकाका केही वडाहरुमा प्रचार प्रसार समिती गठन गरिसकिएको छ भने भौगोलिक हिसाबले ठूलो वडामा टोल स्तरिय प्रचार प्रसार समिती गठन गर्ने गरिएको छ । अबको केही दिनमा नै वडा स्तरिय समिती हुप्सेकोट गाउँपालिका र आवश्यकता अनुसार अन्य पालिकाहरुमा समेत गठन गरिसकिने बताईएको छ । वडा तथा टोल समिती गठन सङ्गै धार्मिक तथा विभिन्न पेसागत संघ सङ्गठन सङ्ग छलफल तथा अन्तरक्रिया समेत अघि बढाईएको छ ।
महायज्ञको मिति नजिकिदै गर्दा क्याम्पस प्राङ्गण स्थित महायज्ञ स्थल निर्माणको कामलाई अन्तिम रुप दिईएको छ भने जिल्लाको मुख्य चोकहरुमा निमन्त्रणा एबं प्रचार प्रसारका लागि ब्यानर राख्ने क्रम जारी छ । पितृ मोक्ष महायज्ञको मिति नजिकिए सङ्गै जसरी तयारिलाई तिब्र गराईएको छ त्यही गतिमा नै चन्दादाताको संख्या पनि बढी रहेको छन ।


महायज्ञलाई कसैले ब्यक्तिगत रुपमा कसैले पारिवारिक रुपमा त कसैले संस्थागत रुपमा चन्दा हस्तान्तरण गरिरहेका छन । यसैबिच मध्यबिन्दु नगरपालिकाले क्याम्पसको शैक्षिक उन्नयनका लागि महायज्ञमा एक करोड रुपैयाँ भन्दा माथी सहयोग गर्ने भएको छ । मध्यबिन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाले औपचारिक रुपमा भने पौष २२ गते पछि मात्र कलेजलाई जानकारी गराईने बताउनुभएको छ । नबजागरण बहुमुखी क्याम्पस नगरकै शैक्षिक ढुक्ढुकी भएका कारणले सबै किसिमको सहयोग रहने रानाको भनाई छ । पछिल्लो समय सामाजिक रुपान्तरणको निमित्त एबं बिपन्न बर्गको हकहितका लागि काम गर्दै आईरहेको संस्था रेशम फिरिरि नेपालले पनि रू ७००००/- “अक्षरुपि सत्तरी हजार” दान दिने निर्णय गरेको छ । रेशम फिरिरिका संयोजक दिपक पंगेनिले बिपन्न बिध्यार्थिको अध्ययनमा टेवा पुगोस भनेर सहयोग गरेको बताउनुभएको छ ।
महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराजद्वारा पितृ मोक्षका लागि बिशेष पुजाको ब्यवस्था गरिएको छ भने दुर्घटनामा (सडक दुर्घटना,आगलागी,प्राकृतिक प्रकोप,बन्यजन्तुको आक्रमण र अन्य )परि अल्पआयुमै मृत्युु बरण गरेका मानिसहरुको आत्माशान्तिका नारायणवलि सहितको विशेष पुजा गरिने क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्किले बताउनुभएको छ ।


क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञमा १५ करोड संकलन हुने अपेक्षा राखिएको महायज्ञका आर्थिक समिती संयोजक प्रकाश पङ्गेनिले बताउनुभएको छ ।

प्रकाशित : २०७६ पुष २१ गते ७:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI