पौडेल-सिटौला पक्षका जिल्ला सभापतिहरुको भेला हुदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २१ गते ८:२७
पौडेल-सिटौला पक्षका जिल्ला सभापतिहरुको भेला हुदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस ११ गते गरेको निर्णयका सम्बन्धमा छलफल गर्न आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामा हुँदै छ । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा भएको बुहमतको बलमा पुस ११ गते विभिन्न निर्णय गरेपछि रुष्ट भएका जिल्ला सभापतिहरुको भेला बिहान ११ बजेदेखि हुँदैछ । गएकै वर्ष कांग्रेसको महासमितिले बैठकले विधान पारित गरेको थियो । सो विधान कार्यान्वयनमा नल्याई केन्द्रीय समितिको बुहमतका आधारमा संशोधन गर्दै विभिन्न निर्णय भएपछि पौडेल समूह सभापति देउवाप्रति रुष्ट छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइरालालगायतले सो निर्णय नमान्ने जनाउँदै आएका छन् ।नेता पौडेल र सिटौला पक्षको आव्हानमा सोमबार बोलाइएको जिल्ला सभापति भेलामा ७७ जिल्लामध्ये ५० देखि ५२ जिल्लाका सभापतिहरूको उपस्थिति रहने दावी गरिएको छ

प्रकाशित : २०७६ पुष २१ गते ८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI