सुनको मूल्यमा नयाँ रेकर्ड, हेर्नुहोस् कति पुग्यो?

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २१ गते ११:१९
सुनको मूल्यमा नयाँ रेकर्ड, हेर्नुहोस् कति पुग्यो?

काठमाडौँ।

साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। आज छापावाल सुन प्रतितोला ५ सयले बढेर ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो छापावाल सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७५ हजार २ रुपैयाँमा कारोबार भएको थियो।

आइतबारको रेकर्डलाई तोड्दै सुनमा मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको हो। यसअघि सुनको मूल्य यतिधेरै महंगो भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ।आज चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : २०७६ पुष २१ गते ११:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI