No ads found for this position

अष्ट्रेलियामा वर्षा हुँदा केही राहत

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २१ गते १४:०७
No ads found for this position
अष्ट्रेलियामा वर्षा हुँदा केही राहत
No ads found for this position

एजेन्सी
काठमाडौं, पुस २१ गते । महिना दिनको डढेलोको प्रकोपपछि अष्ट्रेलियामा आइतबार रातिदेखि वर्ष सुरु भएको छ। पूर्वी तट, सिड्नीदेखि मेलबर्नसम्म र न्यु साउथ वेल्सको केही भेगमा पानी परेको छ ।
अष्ट्रेलियाको शहरी आगजनि सेवाका कमीश्नर शेन फिट्जमोन्सका अनुसार पानी परेपछि प्रकोप न्यून तहमा पुगेको छ । तर भिक्टोरिया आकस्मिक व्यवस्थापनका कमिश्नर एन्ड्रय क्रिस्पले भने डढेलो फेरी बढ्ने बताउनुभएको छ । सोमबार बिहान भिक्टोरियाको कोर्योङ र न्युसाउथ वेल्सस्थित कोस्क्युज्को राष्ट्रिय निकुञ्ज गरी करीब दश किलोमिटर क्षेत्रफलमा मात्रै आगोको मुश्लो देखिएको छ ।
तर बिहीबारबाट फेरी डढेलोको प्रकोप भयावह रुपले देखा पर्ने र तापक्रम बढ्ने अष्ट्रेलियाका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । डढेलोको प्रकोपले अष्ट्रेलियामा हालसम्म करीब दुई दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । लाखौं जनावरको मृत्यु भएको अनुमान गरिएको छ भने करोडौंको सम्पत्ति नष्ट भएको छ ।

प्रकाशित : २०७६ पुष २१ गते १४:०७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI