सडक नाटकको माध्यम बाट पितृमोक्ष महायज्ञको प्रचारप्रसार

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २१ गते १८:१८
सडक नाटकको माध्यम बाट पितृमोक्ष महायज्ञको प्रचारप्रसार

आशिष रेग्मी/चोरमारा
२१ औं शताब्दिमा बिज्ञानले यति फड्को मारेको छ कि संसार साघुंरो भएको छ ।
साघुरो सङ्गै मानव जीवन सहज र सुबिधा सम्पन्न पनि हुँदै आएको छ ।
सुचना र प्रबिधिको यो युगमा बिश्वको एक कुनाबाट बिश्वको अर्को कुनामा जुनसुकै समाचार ,जानकारी सहजै र तुरुन्तै पुग्दछ । यो अवस्थामा प्रचार प्रसार एबं बिज्ञापन मानिसको घर घर सम्म पुर्याउने धेरै किसिमका प्रबिधिको आविष्कार भैसकेका छन । त्यस्ता प्रबिधी मानिसको दिन बिताउने साथी भैसकेका छन । यहाँ नवलपुरको मध्यबिन्दु नगरपालिका वडा
नं ०७ स्थित नबजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद्भागवत पितृ मोक्ष एबं धनधान्याचल ज्ञान महायज्ञको प्रचार प्रसारका लागि सन्चार माध्यम र सामाजिक संजाल सङ्गै धार्मिक सडक नाटकको प्रयोग गरिएको हो ।

सडक नाटकमा अभिनय गर्ने कलाकारले महायज्ञको प्रचार प्रसार भन्दा पनि केदारनाथ धामका पिठाधिशको जानकारि दिने गरेका छन । सडक नाटक मार्फत अनेक चरित्र प्रस्तुत गरेर केदारनाथ धामको महत्व केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्यको बिद्वताको चर्चा र उहाँ (केदारनाथ पिठाधिश)आउन लागेको कारण लगायतको बिषय जानकारी गराउने गरिएको छ ।


प्रचार प्रसारको यो तरिका दर्शकले निकै मन पराएका छन। हेर्नेहरु निकै चाख दिएर हेरिरहेका देखिन्थे । यस्तो सडक नाटक नवलपुर, चितवन र अन्य छिमेकी जिल्लाको मुख्य चोक र बजारमा समेत देखाइने कलाकार सतिश राईले बताएका छन ।


शैक्षिक उन्नयनका लागि क्याम्पसले यहि पौष २७ गते देखि माघ ०६ गते सम्म क्याम्पस प्राङ्गणमा पितृ मोक्ष महायज्ञ आयोजना गरेको छ । महायज्ञमा विश्वका सनातन धर्मावलम्बीले पुज्ने पाँच शिवाचार्य मध्येका केदारनाथ पिठाधिश जगतगुरु शिवाचार्य उपस्थित भएर पितृ मोक्षका लागि विशेष पुजा गर्नेछन ।
पितृ मोक्षका लागि केदार,बद्री गईरहनु पर्दैन पितृ मोक्षको ब्यवस्था क्याम्पस द्वारा आयोजित महायज्ञमा हुनेछ भन्ने समाचार गाउँ गाउँ सम्म पुर्याउने आयोजकले प्रयोग गरेको यो तरिका गज्जबकै छ ।

प्रकाशित : २०७६ पुष २१ गते १८:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI