No ads found for this position

देवचुलीमा जारी भलिबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २१ गते १८:४७
No ads found for this position
देवचुलीमा जारी भलिबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सम्पन्न
No ads found for this position

होमनाथ पौडेल/देवचुली

जनजागृत युवा क्लब देवचुली ९ विशालटारद्वारा आयोजित २५ औँ जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताका आज दोस्रो चरणका चार खेल सम्पन्न भएका छन्। नवदुर्गा युवा क्लब , देवचुली ८ र रतनपुर खेलकुद विकास समिति गैँडाकोट १४ बिच भएको खेलमा रतनपुर खेलकुद विकास समिति गैँडाकोट १४ ले विजय प्राप्त गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ।
नबबिहानी युवा क्लब कासोती-१ हात्तिखोर र आयोजकबिच भएको खेलमा आयोजक विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ।
त्यसैगरी होटल रातो बंगाला देवचुली ६ र रियान्स सप्लायर्स देवचुली ९ बिचको खेलमा रियान्स सप्लायर्स देवचुली ९ विजयी भै क्वाटर फाइनलमा प्रवेश गरेको छ भने रोजिना सुनचाँदी पसल देवचुली १३ र नवज्योति युवा क्लब , कावासोती-४ हँसौरा बिच भएको खेलमा रोजिना सुनचाँदी पसल देवचुली १३ ले विजय प्राप्त गर्दै क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएको छ। भोलिबाट क्वाटरफाइनलका खेल सुरु हुने र विजेता टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


आजको कार्यक्रममा प्रमुख अतिथीका रुपमा व्यक्तिगत रुपमा सर्वाधिक सहयोग गर्नुभएका देवचुली ९ निवासी महेन्द्र बहादुर अधिकारी रहनुभएको थियो। उहाँले खेल संचालनका लागी नगद १५,०००/- रुपैयाँ सहयोग गर्नुभएको थियो।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार,मेडल र प्रमाणपत्र, द्धितीय हुने टिमलाई रु २५ हजार मेडल र प्रमाणपत्र र सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
जनजागृत युवा क्लवले पुसे १५ को अवसरमा विगत २५ बर्षदेखी भलिबल खेल सन्चालन गर्दै आइरहेको छ।

प्रकाशित : २०७६ पुष २१ गते १८:४७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI