चोरमाराको पितृमोक्ष महायज्ञको समुदघाटन पुर्व राष्ट्रपति यादवले गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २१ गते २१:३३
चोरमाराको पितृमोक्ष महायज्ञको समुदघाटन पुर्व राष्ट्रपति यादवले गर्ने

आशिष रेग्मी/चोरमारा

पुर्ब राष्ट्रपति डा.रामवरण यादब यहि पौष २७ गते नवलपुर आउनुहुने भएको छ ।नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं ०७ स्थित नबजागरण बहुमुखी क्याम्पसले आयोजना गरेको श्रीमद्भागवत पितृ मोक्ष एबं धनधान्याचल ज्ञान महायज्ञको उदघाटन गर्न पुर्ब राष्ट्रपति डा. रामबरण यादब आउनुहुने भएको हो । पौष २७ गते देखि माघ ०६ गते सम्म संचालन हुने महायज्ञको उदघाटन गर्न पुर्ब रास्ट्रपति डा.रामबरण यादब नवलपुरको चोरमारा आउन लाग्नुभएको नबजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक बिष्णु कुमार कार्किले बताउनु भयो ।
छ । महायज्ञमा केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराज ज्युको पनि बिशेष उपस्थिति हुदैछ । उहाँ (जगतगुरु)मकर सक्रान्तिका दिन देबघाटमा स्नान गरि यज्ञ स्थलमा उपस्थित भई माघ ०५ गते सम्म पितृ मोक्षका लागि विशेष पुजा गर्ने कार्यक्रम रहेको छ । स्नातकोत्तर कक्षा संचालन ,स्नातक तहमा स्तरीय प्राबिधिक शिक्षा, सुबिधासम्पन्न क्याम्पस संचालनार्थ आयोजित महायज्ञमा विभिन्न दुर्घटनाका कारण अल्प आयुमै मृत्युु बरण गरेका मानिसहरुको आत्माशान्तिका लागि नारायणवलि सहितको पुजा गरिने आयोजकले बताएको छ । भागवत अलङ्कार पदबिले बिभुषित पं नेत्र प्रसाद पराजुलिको प्रमुख बाचकत्वमा नबजागरण बहुमुखी क्याम्पस चोरमाराको प्राङ्गणमा महायज्ञ संचालन हुदैछ ।

प्रकाशित : २०७६ पुष २१ गते २१:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI