हुप्सेकोटमा बृहत निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिर हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २२ गते १०:४१
हुप्सेकोटमा बृहत निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिर हुँदै

नवलपरासी (वर्दघाट सू.पुर्व)को हुप्सेकोट गाउँपालिका -१ स्थित जनता माध्यमिक बिद्यालय प्राङ्गणमा बृहत निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिर हुने भएको छ । गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा यही पौष २२ गते विशेषज्ञ आयुर्वेद सेवा सहितको बृहत निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिर आयोजना गरिएको निर्देशनालयका कार्यक्रम संयोजक नवीनकिरण भुसालले जानकारी गराए ।

उनका अनुसार आजभोलि नसर्ने रोगहरुको प्रकोप बढिरहेको साथै नसर्ने रोगको कारणले अकाल मर्त्यु दर बढिरहेको सम्बनमा जीवन शैली ब्यबस्थापन र आयुर्वेदको माध्यमबाट यस्ता समस्याहरुको न्यूनीकरण गर्न सकिने हुनाले आयुर्वेद स्वास्थ्य सेवा प्रवाह गर्ने सुदृढ स्वास्थ्य सस्था समेत नभएको हाम्रो सन्द्धभमा निःशुल्क बृहत आयुर्बेद स्वास्थ्य शिविर अत्यावश्यक भएकोले प्रदेश सरकारको प्राथमिकताफमा शिबिर आयोजना गरिएको बताए ।

पौष २२ गते बिहान ८ः०० बजेदेखि साझ ५ः०० बजे सम्म सञ्चालन हुने बृहत निःशुल्क आयुर्बेद स्वास्थ्य शिबिरमा बिशेष आयुर्वेद चिकित्सकद्वारा स्वास्थ्य परिक्षण, प्रयोगशाला परीक्षण, भिडियो एक्सरे, पूर्वकर्मलगायतका सेवासहित आयुर्बेद स्वास्थ्य शिविर सञ्चालन हुने भुसालले बताए ।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माको बिशेस पहलमा यस्ता शिबिर प्रदेशका जनताहरुको अधिकतम पहुँचमा पुर्याईने गरि बिभिन्न जिल्लाहरुमा सञ्चालन गरिने बताइएको छ ।

प्रकाशित : २०७६ पुष २२ गते १०:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI