No ads found for this position

बुधवार नासु-खरिदारको विज्ञापन हुने

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २२ गते ११:१२
No ads found for this position
बुधवार नासु-खरिदारको विज्ञापन हुने
No ads found for this position

काठमाडौँ । राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूका लागि विज्ञापन हुने भएको छ।

राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा ‘विज्ञापन तथा पदपूर्तिको कारबाही अघि बढाउन बाधा नपर्ने’ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र सँगै लोक सेवा आयोगको नियमित वार्षिक कार्य तालिका अनुसार भोलि (बुधवार) नै विज्ञापन हुने भएको हो।

आयोगको वार्षिक कार्य तालिका अनुसार पुसको अन्तिम बुधवार विभिन्न सेवाका राजपत्र अनंकित प्रथम श्रेणीका अप्राविधिक पदहरूको विज्ञापन हुने उल्लेख छ।

‘विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, केन्द्र, कार्यालय तथा निकायहरूबाट अनुरोध भई आएकोले नेपाल विविध सेवाको राजपत्र अनंकित प्रथम श्रेणीको कम्म्यूटर अपरेटरबाहेक अन्य पदको हकमा विज्ञापन तथा पदपूर्तिको कारबाही अघि बढाउन बाधा नपर्ने व्यहोरार यस मन्त्रालयको मिति २०७६/०९/२१ को निर्णयाअनुशार अनुरोध छ’ पदपूर्ति तथा विज्ञापन सम्बन्धमा सोमबार मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि कार्तिक १६ गते मन्त्रालयले राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न सचिव स्तरीय निर्णय गरेको थियो।

लोक सेवा आयोगले छनौट गरी नियुक्तिका लागि सिफारिस गरेका कर्मचारीहरूलाई कतिपय स्थानीय तहले हाजिर नगराएपछि व्यवस्थापनमा समस्या भइरहेको मन्त्रालयको जिकिर रहेको थियो।

आयोगको कार्य तालिका नै प्रभावित हुने गरी नियमित विज्ञापन रोक्ने मन्त्रालयको निर्णयबारे चौतर्फी विरोध भएपछि अन्ततः आफ्नो निर्णय फिर्ता लिएको हो।

मन्त्रालयले अधिकृतको खोल्ने तर मुनिका दरबन्दीको रोक्ने गरी एउटै निजामती सेवाको पदपूर्तिमा दोहोरो मापदण्ड लागू भएको भन्दै नेपाल निजामती कर्मचारी गठन लगायत कर्मचारी सम्बन्ध ट्रेड युनियनहरूले विरोध गरेका थिए।

कर्मचारी समायोजन र व्यवस्थापनलाई समयमा पूर्णता दिन नसकिएको कमजोरीलाई ढाकछोप गर्ने उद्देश्यले कार्यरत र नयाँ जनशक्तिको भविष्यप्रति खेलबाड गर्न खोजेको उनीहरूको तर्क रहेको थियो।

हेर्नुहोस पत्र

प्रकाशित : २०७६ पुष २२ गते ११:१२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI