आजदेखि फेरि वर्षा र हिमपात

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २२ गते १३:३३
आजदेखि फेरि वर्षा र हिमपात

नेपालमा फेरि पश्चिमी निम्न चापीय प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौसममा फेरि बदली सुरु भएको छ। मंगलबार भने पश्चिमी भूभागहरुमा सामान्य बदली भई अन्य भागमा आंशिक बदली हुनेछ। 
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिनभरी देशका पश्चिमी भूभागहरुमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ। यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रहरुको केही स्थानमा भने मध्यम हिमपात हुनेछ।

त्यस्तै, पश्चिमका केही क्षेत्रमा र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ। 

मंगलबार राति भने देशको पश्चिमी, मध्य र पूर्वका पहाडी भूभागहरुमा सामान्य र बाँकी भूभागमा आंशिक बदली हुनेछ । उता, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ। भने पश्चिमका केही स्थान, मध्य र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। स्रोत- यस समाचारलाई रातोपाटीबाट साभार गरिएको हो।

प्रकाशित : २०७६ पुष २२ गते १३:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI