स्थापना दिवसको अवसरमा परोपकार साकोसको ट्राफिक सचेतना कार्यक्रम

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २२ गते १५:५४
स्थापना दिवसको अवसरमा परोपकार साकोसको ट्राफिक सचेतना कार्यक्रम

होमनाथ पौडेल


देबचुली ः परोपकार बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत मंगलबार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सस्थाको देवचुली सेवाकेन्द्र देवचुली ७ ले सोही स्थानको एस मोड चोकमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।


देवचुली सेवा केन्द्रका संयोजक रेशमलाल चापागाईंले अध्यक्षता गर्नुभएको ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक तारापति अर्याल प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा बिभिन्न ट्राफिक सचेतना सम्बन्धि पर्चा बाँड्ने, सवारी साधनमा स्टीकर टाँस्ने, आम नागरिकलाई ट्राफिक नियमहरुबारे सचेत गराउने लगायतका कार्यहरु गरिएको संस्थाका अध्यक्ष खेमराज सापकोटाले जानकारी दिनुभयो ।


कायृक्रमका प्रमुख अतिथि अर्यालले सो अबसरमा संस्थाका संचालक समिति, उपसमिति, कर्मचारी, सवारीचालक, स्थानीय समुदाय आदिलाई ट्राफिक सचेतना सम्बन्धि तालिम दिनुभएको थियो । परोपकार साकोसले यहि पौष २६ गते आफ्नो १३ औँ स्थापना दिवस मनाउँदै छ ।

प्रकाशित : २०७६ पुष २२ गते १५:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI