नेपाल भ्रमण वर्षको र्‍यालीमा सिड्नी प्रहरीको रोक

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २२ गते १६:२५
नेपाल भ्रमण वर्षको र्‍यालीमा सिड्नी प्रहरीको रोक

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईसहितको ‘भ्रमण वर्ष २०२०’ प्रवर्द्धन र्‍यालीलाई सिड्नी प्रहरीले रोक लगाएको छ । साउथ एसिया डट कमका अनुसार आयोजकले विना अनुमति र्‍यालीको आयोजना गरेका कारण यस्तो रोक लागेको हो । र्‍यालीलाई नेपालका पर्यटनमन्त्री योगेश भट्टराई, अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहाल, महावाणिज्यदूत दीपक खड्का लगायतले नेतृत्व गरेका थिए । प्रहरीले सार्वजनिक स्थानमा व्यापारिक लाभका लागि र्‍याली गर्ने अनुमति नभएको कारण देखाएर सो कार्यक्रममा रोक लगाएको हो ।

प्रकाशित : २०७६ पुष २२ गते १६:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI