No ads found for this position

कावासोती नगरपालिकाको हिउँदे अधिवेशन पौष २८ गते बाट

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २२ गते १७:४२
No ads found for this position
कावासोती नगरपालिकाको हिउँदे अधिवेशन पौष २८ गते बाट
No ads found for this position

कावासोती/२० पुस ।
नवलपुरको कावासोती नगरपालिकाको हिउँदे अधिवेशन पौष २८ गते बाट सुरु हुने भएको छ । नगर उपप्रमुख प्रेमशंकर मर्दनीयाका अनुसार हिजो बसेको कार्यपालिकाको बैठकले पौष २८ गते हिउदे अधिवेशन बोलाउने निर्णय भएको हो । हालसम्म करिब ३२ वटा कानुन निर्माण भइसकेको र छिट्टै आवश्यक वमोजिमका कानुनहरु बनाउदै जाने उहाँले बताउनुभयो । अहिले चालु आर्थिक वर्षको ६ महिना लाग्दै गर्दा नगरसभाबाट पारित भएका योजनाहरुको सम्झौता गर्नेक्रम तीव्र भएको उहाँको भनाई छ। वर्षभरी सम्पन्न गर्ने विकास निर्माणका योजनाहरुको काम सुरु गर्न अहिले सम्झौता गर्नेहरु बढिरहेका हुन् । हिउँदे अधिवेशनमा आवश्यक कानुन निर्माण तथा आवश्यकताका आधारमा कानुन तथा कार्यविधिहरु संशोधन हुन सक्ने उपप्रमुख मर्दनियाले बताउनु भयो । पुस महिनादेखि विकास गर्ने उपयुक्त सयम मानिने भएकाले पनि नगरपालिकामा धेरै योजनाहरु सम्झौता भइसकेको र केही सम्झौताको क्रममा रहेको छ्न । प्रत्येक वडामा योजना सम्पन्न गर्न उपभोक्ता समितिहरु गठन भइसकेकाले पनि विकासका कार्यले तिव्रता पाउँदै गएको उहाँको भनाई छ ।

प्रकाशित : २०७६ पुष २२ गते १७:४२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI