No ads found for this position

सरावल-६मा सहकारी उदघाटन

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २२ गते १९:२६
No ads found for this position
सरावल-६मा सहकारी उदघाटन
No ads found for this position


उमेश बि.क / नवलपरासी ,२२ पुस

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ मा सहकारी उटघाटन भएको छ । सरावल गाउँपालिका वडा नं. ६ नवकट्टीमा प्रभात बिपद उत्थानसिल बतत तथा ऋण सहकारी नामक सहकारी संस्था अाज एक कार्यक्रम बिच उटघाटन भएको हाे । राजेश उपाध्यायकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले ’एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो ।सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन मद्दत गर्ने बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुकाे साथै पैसाको बचत गर्ने बानीको विकास हुने उहाँले बताउनुभयो । साथै अगामि दिनमा सहकारीलाई अाफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियाे।

सिडिएम नेपालीको सहजिकरणमा प्रभात बिपद उत्थानसिल बतत तथा ऋण सहकारी संस्था अार्थिक काराेबार साथै बिपद ब्यवस्थापनमा पनि बिशेष चासाे राख्दै वडा नं. ५, ६ र ७ लाई कार्यक्षेत्र बनाई अगाडि बढ्ने उद्देश रहेको छ।

सहकारी उदघाटन कार्यक्रममा सिडियम नेपालकाे सदस्य प्रदिप कुमार तिवारी ,समाजसेवी सिबेन्द्र यादव,झिन्कु चाैधरी , राजेन्द्र मिश्रा, अशाेक पाठक, राजेन्द्र कुर्मी , सुभान अलि अन्सारी ,घनश्याम चाैधरी लगाएतले शुभकामना मन्तब्य दिनुभएको थियाे।

प्रकाशित : २०७६ पुष २२ गते १९:२६
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI