No ads found for this position

बुलिङ्गटारमा प्रमुख प्रसासकिय अधिकृत सहित सात कर्मचारी हाजिर

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २२ गते १९:३७
No ads found for this position
बुलिङ्गटारमा प्रमुख प्रसासकिय अधिकृत सहित सात कर्मचारी हाजिर
No ads found for this position

बुलिङ्गटार,

लामो समय देखि खाली रहेको प्रमुख प्रसासकिय अधिकृत सहित सात जना कर्मचारी बुलिङ्गटार गाउँपालिकामा हाजिर भएका छन । आज गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा टिका बहादुर गोदार सहित अन्य छ जना कर्मचारीले आफ्नो कार्यभार सम्हालेका छन्
। गाउँपालिकामा गोदारसँगै पाँचौ तहमा ३ जना,छैठौं तहमा १ जना, लेखापाल १ जना, आन्तरिक लेखा परीक्षक १ जना र इन्जिनियर १ जना गरि जम्मा ८ जना कर्मचारीको पुनर्बहाली भएको हो । गाउँपालिकामा करिव तीन महिना देखि अधिकांश कर्मचारी नहुँदा स्थानीय सेवाग्राही मर्कामा परेका थिए ।हाल रिक्त रहेका सबै पदमा कर्मचारीले कार्यभार सम्हालेपछी अब स्थानीयलाई समस्या नपर्ने बुलिङ्गटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताए । बस्ताकोटीले भने आज नयाँ कर्मचारीलाई स्वागत गरिएको छ,भोलीबाट नियमित काम सजिलोसँग हुनेछ,अब गाउँपालिकाबासीले सास्ती खेप्नु पर्दैन । ६ वटा वडा रहेको गाउँपालिकमा यस अघि वडाध्यक्षले कागजपत्र रुजु गरेपछी अहेबले दस्तखत गरेर काम चलाईएको थियो। विगत ३ महिना देखि प्रमुख प्रशासकीय अधिकृत  र लेखा अधिकृत नहुँदा सम्पूर्ण आर्थिक कारोबार र लगाएतका सम्पुर्ण कार्य ठप्प रहेको थियो ।

प्रकाशित : २०७६ पुष २२ गते १९:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI