लोकसेवाले माग्यो साढे पाँच सय सुब्बा (विज्ञापनसहित)

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २३ गते ९:०१
लोकसेवाले माग्यो साढे पाँच सय सुब्बा (विज्ञापनसहित)

पुस २३, २०७६ काठमाडौं : लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा करिब पाँच सय पदमा विज्ञापन आह्वान गरेको छ।  आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार ५४८ पदमा नयाँ भर्ना आह्वान गरेको छ। उक्त पदका लागि माघ १० गतेसम्म दरखास्त गर्न सकिनेछ। दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने लोकसेवाले जनाएको छ। लोकसेवा आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिने जनाइएको छ।

प्रकाशित : २०७६ पुष २३ गते ९:०१
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI