जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधी कालिका एग्रोभेटलाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २३ गते १७:१७
जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधी कालिका एग्रोभेटलाई

२३ पुष,होमनाथ पौडेल/देवचुली
देवचुली नगरपालिकामा संचालित जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधी कालिका एग्रोभेटले जित्न सफल भएको छ ।

जनजागृत युवा क्लब देवचुली-९ विशालटारद्वारा आयोजित २५ औँ जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा रियान्स सप्लायर्स, देवचुली-९ र कालिका एग्रोभेट देवचुली-१५ बिचको खेलमा कालिका एग्रोभेटले रियान्स सप्लायर्सलाई ३-२ सेटको अन्तरले पराजित गर्दै उपाधी जित्न सफल भएको हो।

प्रतियोगिताको विजेता कालिका एग्रोभेटले नगद रु ५०,०००/- मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता रियान्स सप्लायर्सले रु २५,००० /-मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै सेमिफाइनलमा प्रवेश गरेका रोजिना सुनचाँदी पसल,देवचुली-१५ र आयोजक गरि दुई टिमले नगद ७५००/- मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न ।


यसै बिच खेलको समापन समारोह देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । क्लबका अध्यक्ष कृष्ण बहादुर आले अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास खड्का विशिष्ट अतिथी, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, देवचुली नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष मेखबहादुर थापा सारु मगर विशेष अतिथी र देवचुली नगर खेलकुद समितिका कार्यवाहक अध्यक्ष सुभाष ओझा, जनप्रतिनिधि लगायतका अतिथिको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रकाशित : २०७६ पुष २३ गते १७:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI