पौष २५ बाट चौथो नवलपुर युवा सम्मेलन हुदैं

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २३ गते १७:३१
पौष २५ बाट चौथो नवलपुर युवा सम्मेलन हुदैं

नवलपुर-नवलपुरको कावासोतिमा युवाहरुका विविध बिषयमा छलफल गर्नका लागि दुई दिने चौथो युवा सम्मेलन-२०७६ पौष २५ र २६ गते हुने भएको छ । हरियाली संस्था र वातावरण जनजागरण बिकास मञ्चको संयुक्त आयोजना र अन्य विभिन्न संघ संस्थाको सह आयोजनामा उक्त युवा सम्मेलन हुन लागेको हो ।अघिल्ला बर्षहरुमा धेरै युवाहरु यस कार्यक्रममा सहभागी भई सकेका र यस पटक थप नयाँ युवाहरु कार्यक्रममा सहभागी हुने कार्यक्रमका संयोजक सुधन लम्सालले बताउनु भयो । यस कार्यक्रममा जिल्ला भित्र युवाको अवस्था, अवसर संगै चुनौती कस्तो छ भन्ने बिषयमा व्यापक छलफल हुने आयोजक संस्थाका सन्देश घिमिरेले बताउनु भयो ।
यस पटक कार्यक्रमलाई द नेक्स्ट एजुकेसन , टेकमाईन नेट र आइएमई लाईफ ईन्स्युरेन्सले सहयोग गरेको आयोजक हरियाली संस्थाका अध्यक्ष एलएन दवाडीले बताउनुभयो ।

प्रकाशित : २०७६ पुष २३ गते १७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI