पक्राउ परेका चिनियाँलाई विमानस्थल लगिदै, एउटा विमान आइपुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २३ गते १८:१०
पक्राउ परेका चिनियाँलाई विमानस्थल लगिदै, एउटा विमान आइपुग्यो

काठमाडौं, पुस २३ गते । राजधानीका विभिन्न भागबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चीन फर्काउन शुरु गरिएको छ ।
पक्राउ परेका चिनियाँलाई फिर्ता लान एउटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरी सकेको र विभिन्न प्रहरी प्रभागमा थुनामा रहेका चिनियाँलाई विमान स्थल लाने क्रम शुरु भएको महानगरीय प्रहरी प्रभागले जनाएको छ ।
पक्राउ परेका चिनियाँलाई फिर्ता गर्न ट्राभल डकुमेन्ट सोमबार नै नेपालस्थित चिनियाँ दूतावासले अध्यागमन विभागलाई उपलब्ध गराएको थियो ।

प्रकाशित : २०७६ पुष २३ गते १८:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI