कावासोतीमा माघे सक्रान्तीको अवसरमा ब्याडमिन्टन प्रतियोगिता हुदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २३ गते १९:००
कावासोतीमा माघे सक्रान्तीको अवसरमा ब्याडमिन्टन प्रतियोगिता हुदै

२३पौष/सुदिप चापागाईं, कावासोती
माघे सक्रान्ति को अवसर परेर नवलपुरको कावासोतीमा मदन मनमोहन युवा क्लबले खुल्ला ब्याटमिन्टन प्रतियोगिता आयोजना गर्ने क्लबका भएको छ । क्ल्बका सचीव नेल्सन सुबेदीका अनुसार यस बर्ष देखि मदन मन मोहन युवा क्लबले खेल आयोजना सुरु गर्न लागेको हो ।

नकअाउटको आधारमा खेलाइने खेल कावासोती नगरपालिका वडा नं ३ को खेलमैदानमा सन्चालन हुनेछ । खेलमा सहभागी हुन चाहने टिमले पुस २७ गते सम्म दर्ता गरिसक्नुपर्ने आयोजकले जानकारी दिएको छ । खेलमा प्रथम र द्वितीय लाई नगदसहित प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ भने म्यान अफ द म्याच लाई पनि पुरस्कर दिइने खेल संयोजक बुद्धि थापाले बताउनुभयो । खेल आयोजना गरे पनि कबर्ड हलको अभावले खेल खेलाउन समस्य भएको क्लबका अध्यक्ष तुल बहादुर पुनले जानकारी दिनु भयो । उहाँले संघिय सरकार प्रदेश सरकार र स्थानीय सरकारले कबड हल बनाउन सहयोग गरे अझै उत्कृष्ट खेल आयोजना गर्न सकिने भन्दै सहयोग गर्न पनि अपिल गर्नु भएको छ ।

प्रकाशित : २०७६ पुष २३ गते १९:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI