No ads found for this position

देवचुली र गैंडाकोटमा पितृमोक्ष महायज्ञको समिति गठन

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २३ गते २०:२७
No ads found for this position
देवचुली र गैंडाकोटमा पितृमोक्ष महायज्ञको समिति गठन
No ads found for this position

२३ पौष,
नबजागरण बहुमुखी क्याम्पस चोरमारामा हुने पितृ मोक्ष धनधान्याचलको तयारी तिब्र पारिएको छ । यहि पौष २७ देखि माघ ६ गते सम्म सन्चालन हुने श्रीमदभागवत पितृमोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको लागि आन्तरिक तथा बाहय तयारी तिब्र पारिएको हो

। जस अन्तरगत अहिले विभिन्न पालिकाहरुमा तथा पालिकाका वडामा वडा एवं टोल स्तरिय प्रचार प्रसार समिति गठन, क्याम्पस परिसरमा महायज्ञ स्थल निर्माण,बिज्ञापनका पर्चा ,पम्प्लेट टास्ने र निमन्त्रणाको काम द्रुत गतिमा बढाईएको छ ।


आज मात्र देबचुली नगरपालिका र गैंडाकोट नगरपालिकामा पालिका स्तरिय प्रचार प्रसार समिती गठन गरिएको छ ।
देबचुली नगरपालिकामा निर्मला पान्डेको संयोजकत्व तथा सङ्गिता बराल सापकोटाको सह-संयोजकत्वमा र गैंडाकोट नगरपालिकामा द्रोण वन सन्यासिको संयोजकत्व तथा शारदा बि.क.,खेम सापकोटा र सङ्गिता घिमिरेको सह-संयोजकत्वमा पालिका स्तरिय समिती गठन गरिएको हो । गठित समितिले उक्त पालिकाहरुमा प्रचार प्रसार तिब्र गराउने छ ।

दुबै कार्यक्रम नबजागरण बहुमुखी क्याम्पसका प्रधान संरक्षक विष्णुकुमार कार्किको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। केदारनाथका पिठाधिश जगतगुरु शिवाचार्य महाराज ज्यु आउने कारणले पनि यो महायज्ञलाई फरक महत्वका साथ हेर्ने गरिएको छ । शिवाचार्यले पितृ मोक्षका लागि विशेष पुजा गर्ने कार्यक्रम रहेको बताईएको छ । महायज्ञको समुदघाटन पौष २७ गते पुर्ब रास्ट्रपति डा.रामबरण यादबले गर्ने कार्यक्रम रहेको छ । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन QAA प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष महायज्ञको आयोजना गर्न लागिएको हो ।

प्रकाशित : २०७६ पुष २३ गते २०:२७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI