No ads found for this position

नवप्रगति पृथ्वी साकोसको वार्षिकोत्सबको अवसरमा रक्तदान

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २३ गते २१:१४
No ads found for this position
नवप्रगति पृथ्वी  साकोसको वार्षिकोत्सबको अवसरमा रक्तदान
No ads found for this position

देवचुली-नवप्रगति पृथ्वी साकोसको २२औं वार्षिकोत्सबको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको केन्द्रिय कार्यालय प्रगतिनगरमा आयोजित कार्यक्रममा ४३ जना रक्तदाताले रक्तदान गरेका थिए । संस्थाका उपाध्यक्ष देवेन्द्र भट्टराईले रक्तदान गरि सुरु भएको कार्यक्रम साकोसका अध्यक्ष मानसिं खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी भरतपुरको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो ।
नवप्रगति पृथ्वी साकोस लगातार ४ बर्ष देखि नेपाल सरकार सहकारी बिभाग र नेफ्स्कुनले प्रदान गर्ने एन् एस् प्रोबेशन ब्राण्ड प्राप्त गर्न सफल भएको छ । हालै देशभरीका एनएस ब्राण्ड प्राप्त गर्ने ३४ वटा सहकारी पनि नवप्रगति पृथ्वी साकोष पनि रहेको छ ।

प्रकाशित : २०७६ पुष २३ गते २१:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI