एक्लोपन : मुटु रोगीको लागि खतरा हुन सक्छ

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २३ गते २२:१८
एक्लोपन : मुटु रोगीको लागि खतरा हुन सक्छ

एजेन्सी-हालै गरिएको एक अनुसन्धानअनुसार एक्लै रहने, बस्ने मुटुरोगीलाई मृत्युको खतरा बढी हुने देखिएको छ । जर्नल हर्टमा प्रकाशित अनुसन्धानको नतिजाअनुसार मुटुरोगले पीडित र एक्लो रहनेमा मृत्यु दरको खतरा बढ्छ । अनुसन्धानअनुसार एक्लोपनाले पीडित व्यक्तिमा कोरोनरी मुटुरोग र मृत्युको खतरा बढी हुन्छ । अध्ययनमा डेनमार्कका बिरामीलाइ सामेल गरिएको थियो । जसमा सन् २०१३ र २०१४ को बीच एक वर्षको अन्तरमा उनीहरूको स्वास्थ्यको परिणामलाई हेरियो । धेरैजसो पुरुष रहेको यो अध्ययनमा बिरामीको औसत आयु ६६ वर्ष थियो । अनुसन्धानअनुसार एक्लो हुनेमा चिन्तित हुने खतरा तीनगुणाले बढ्छ । यसबाहेक जसले चिकित्सकलाई एक्लोपनाबारे बताएका थिए, तिनीहरूको एक वर्षको अन्तरमा उपचार भए पनि मृत्यु भयो । एक्लोपनाले गर्दा उनको स्वास्थ्य एक वर्षभित्रै बिग्रिँदै गयो । अनुसन्धानअनुसार एक्लोपना भएको मुटुरोगीको मृत्युदर तीन गुणा बढेको देखियो । अनुसन्धानकर्ताले अन्तिम निष्कर्षका रूपमा यो पाए कि एक्लो रहनु कतिपय व्यक्तिमा एक्लोपना अनुभव गर्नुसँग जोडिएको छैन । उसो एक्लो रहनेहरूलाई अर्कोसँग रहने व्यक्तिको तुलनामा चिन्ता र उदासी रोगको कम जोखिम हुन्छ । एक्लो रहने पुरुषमा ३९ प्रतिशतभन्दा बढी मुटु स्वास्थ्यको जोखिम जोडिएको थियो । अनुसन्धानकर्ताको टोलीले के पायो भने, एक्लोपना र सामाजिक रूपमा अलग रहनुले हृदयाघात र एन्जाइनाको जोखिम २९ प्रतिशतसम्म बढाउन सक्छ । यस्तै स्ट्रोकको जोखिम ३२ प्रतिशत बढाउन सक्छ । अनुसन्धानकर्ताले २३ वटा भिन्नाभिन्नै अध्ययनका आधारमा नतिजा सार्वजनिक गरेका हुन् । अनुसन्धानअनुसार महिलासँग परिवार र साथीको एउटा व्यापक नेटवर्क हुन्छ र यसरी अलग हुने कारण उनीहरूलाई पुरुषजस्तो स्थिति रहँदैन । अनुसन्धानकर्ताका अनुसार एक्लोपनबाट प्रभावित व्यक्तिलाई सहयोग लिनुपर्ने खाँचो छ । उनीहरूलाई आफ्नो जीवन राम्रो बनाउन पाइला चाल्नुपर्छ र सामुदायिक समूहमा सामेल हुनुपर्छ ।

प्रकाशित : २०७६ पुष २३ गते २२:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI