नवलपुरमा बिहानै देखि वर्षा : चिसो अझै बढने

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २४ गते ९:२५
नवलपुरमा बिहानै देखि वर्षा : चिसो अझै बढने

नवलपुर-२४ नवलपुर लगाएत देशका अधिकांश स्थानमाआज विहानैदेखि बर्षा भएको छ । बर्षासंगै चिसो झन् बढेको छ । पश्चिमी वायुको प्रभावले आज दिनभर मौसम बदली हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा पानी र हिउँ परिरहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले बिहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ ।

प्रकाशित : २०७६ पुष २४ गते ९:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI