No ads found for this position

गैँडाकोट नगरपालिकाद्धारा ४८९ जनालाई अपाङ्गता परिचयपत्र वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २४ गते १३:५८
No ads found for this position
गैँडाकोट नगरपालिकाद्धारा ४८९ जनालाई अपाङ्गता परिचयपत्र वितरण
No ads found for this position

प्रकाश भण्डारी “बिवेक” / गैँडाकोट पौष २४

गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को साउन महिना यता ४८९ जना अपागंता भएका ब्यक्तिहरूलाई परिचयपत्र वितरण गरेको छ।नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ को परिच्छेद २ को दफा ४ वमोजिम परिचयपत्र वितरण गरेको हो।

मंगलवार गैँडाकोट १८ रतनपुरमा १९ जना तथा बुधवार नगरपालिका कार्यालयबाट नगरका विभिन्न वडाका ९५ जना अपांगता भएका ब्यक्तिहरूलाई परिचयपत्र वितरण गरेको छ। नगरपालिकाले परिचय पत्र अपांगताको अवस्था बमोजिम रातो, निलो, पहेंलो र सेतो गरी चार रङका परिचय वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो।

पौष २३ गते बुधवार गैँडाकोट नगरपालिकामा अपाङ्गता परिचयपत्र वितरण गर्दे नगरपालिकाका कर्मचारीहरू

नगरपालिकामा उपलव्ध तथ्याकं अनुसार वडा नम्बर १४ मा सबैभन्दा बढी ४८ जना र वडा नम्बर ९ मा सबैभन्दा कम ७ जना अपागंता भएका ब्यक्तिहरूले परिचयपत्र लिएका छन। नगरपालिकाले नगर उपप्रमुखको संयोजकत्वमा ११ सदस्यीय अपाङ्ग परिचयपत्र वितरण समन्वय समिति गठन गरेको छ।

नगरपालिकाका अनुसार हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भइ अपांगता भएका व्यक्तिहरूलाई ‘क’ वर्गको अपांगताको परिचयपत्र वितरण गरिन्छ। यस्तै, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरूलाई, ‘ख’ वर्गको परिचयपत्र उपलब्ध गराइन्छ। त्यसैगरी चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण-दृष्टिविहीन व्यक्तिहरू, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्युन दृष्टियुक्त व्यक्तिहरू, समुह ‘ग’ का अपाङ्गता वर्गमा पर्दछन्।

शारीरिक अङ्गहरूमा सामान्य विचलन भए तापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठुलो अक्षर पढ्नसक्ने, न्युन दृष्टियुक्त व्यक्तिहरू, हत्केलामुनिका कम्तीमा बुढीऔंला र चोरीऔंला भएका, खुट्टाको औंलाका भागहरू नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठुलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू ‘घ’ वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ मा उल्लेख गरिएको छ।

प्रकाशित : २०७६ पुष २४ गते १३:५८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI