विजयले लिए सय करोड पारिश्रमिक

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २४ गते २०:४५
विजयले लिए सय करोड पारिश्रमिक

एजेन्सी-तामिल चलचित्रमा विजयको क्रेज खुबै छ । उनले अभिनय गरेका अधिकांश चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गर्यो । यसैले पनि तमिल चलचित्रका निर्माता विजयलाई चलचित्रमा लिनका लागि हानथाप गर्ने गर्छन् ।

उनै, विजयले एक चलचित्रका लागि निकै नै महंगो पारिश्रमिक लिएको खबर सार्वजनिक भएको छ । भारतीय अनलाइन दैनिक भाष्करका अनुसार, विजयले चलचित्र ‘थलपथी ६५’का लागि एक सय करोड पारिश्रमिक लिएका छन् । यसअघि नायक रजनीकान्तले चलचित्र ‘दरबार’का लागि ९० करोड पारिश्रमिक लिएको चर्चा थियो ।


सन पिक्चर्सले निर्माण गर्न लागेको चलचित्रमा महंगो पारिश्रमिक लिएसँगै विजयको चर्चा चुलिएको छ । सन पिक्चर्सले विजयलार्य ५० करोड रुपैयाँ दिइसकेको छ । यो चलचित्रका लागि वेत्रिमारनलाई निर्देशकको रुपमा लिने तयारी सन पिक्चर्सको छ । विजय अहिले चलचित्र ‘मास्टर’को छायांकनमा व्यस्त छन् ।

प्रकाशित : २०७६ पुष २४ गते २०:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI