मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २४ गते २२:४३
मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

नारायण प्रभु /२४ माघ, नवलपुर
मोनीका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले बुधबार ५२ जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । कावासोती नगरपालिका वडा नम्बर १ हात्तिखोरमा रहेको महाराजा आधारभूत  विद्यालयका ५२ जना विद्यार्थीलाइ न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको हो ।


विपन्न, असहाय बालवालिकाहरुको शिक्षा स्वाथ्यमा सहयोग गर्ने उदेश्यले समाजसेवी श्याम श्रेष्ठ र दिलकुमारी श्रेष्ठ(सबिना) कि स्व. छोरी मोनीकाको स्मृतिमा ट्रस्ट स्थापना गरि सहयोग गरिएको मोनीका श्रेष्ठ मेमोरियल ट्रस्ट नेपालका संरक्षक लालचन श्रेष्ठले बताउनुभयो । ट्रस्टले कावासोती १ हात्तिखोरमा रहेको महाराजा आधारभूत विद्यालयमा बाल कक्षा देखि ८ कक्षासम्म अध्ययन गर्ने ५२ जना गरिब तथा बिपन्न विद्यार्थीहरुलाई ज्याकेट तथा कपि कलम वितरण गरेको हो । नेपाली काङ्ग्रेस नवलपुरका सचिब बालकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कावासोती वडा नं.१ का  अध्यक्ष नारायण प्रसाद पन्त, वडा नं.६  का अध्यक्ष हेम प्रसाद पाण्डे  समाजसेवी एवं स्व. मोनीकाका पिता श्याम श्रेष्ठ, वडा सदस्य माधब भन्डारी,माया गुरुङ,  विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मेखराज श्रेष्ठ , विद्यालयका प्रध्यानाध्यपक बिमला श्रेष्ठ , मोनीका श्रेष्ठ मेमोरियल ट्रष्टका सदस्य आस्था श्रेष्ठ, कलाकार गोकुल कंडेल, विद्यार्थी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै  प्रमुख अतिथी घिमिरेले डेड वर्षिय छोरी मोनीकाको स्मृतिमा संचालन गरेको ट्रस्ट मार्फत बिपन्न वर्गका विद्यार्थीहरुलाई गरेको सहयोगको प्रशंशा गर्नुभयो । आगामी दिनमा पनि ट्रस्टले विकटका वालवालिकाको शिक्षा स्वास्थ्यमा सहयोग गरोस भन्दै आफुले ट्रस्टको लागि सकारात्मक सहयोग गर्ने घिमिरेले बताउनुभयो।


व्यक्तिगत स्वार्थ नहेरी विशुद्ध समाजसेवाका लागि स्थापना गरिएको  ट्रस्टले वालवालिकाको शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने ट्रस्टका सदस्य आस्था श्रेष्ठले बताउनुभयो । त्यस्तै यस विद्यालयमा ट्रस्ट मार्फत यसै वर्ष पचास हजारको अक्षय कोष स्थापना गरिने सदस्य श्रेष्ठले घोषणा गर्नुभयो।ट्रस्ट संचालनका लागि अमेरिका निवासी शुस्मा रायमाझी लि´ ले गर्नुभएको सहयोगको पनि श्रेष्ठले खुलेर प्रसंसा गर्नु भयो।रायमाझीलि´ ले आगामी कार्यक्रमहरुमा पनि नेपालका बिपन्न परिवारका बिद्यार्थीहरुलाई सक्दो सहयोग गर्न ट्रस्टलाई साथ दिने  प्रतिबद्धता जनाउनु भएको सदस्य  श्रेष्ठले जानकारी गराउनु भयो।  २२ जना विद्यार्थीलाई जकेट तथा ३० जना विद्यार्थीलाई कपि कलम बितरण गरिएको कार्यक्रम ट्रस्टका संरक्षक लालचन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।

प्रकाशित : २०७६ पुष २४ गते २२:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI