चितवनमा ट्याङकरको ठक्करबाट दुई जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २५ गते ८:३३
चितवनमा ट्याङकरको ठक्करबाट दुई जनाको मृत्यु

चितवन,पुस २५-

चितवनमा ट्याङकरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बिहिबार साँझ पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीमा पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. ३/०२००५ प ४३४७ नम्वरको मोटरसाइकललाई सोही दिशावाट आउँदै गरेको ना ७ ख ४६६० नम्वरको ट्याङकरले ठक्कर दिएको हो ।

ठक्करबाट घाइते मोटरसाइकल चालक गोरखा भिमसेन थापा गाँउपालिका ४ का ३५ बर्षिय इन्द्र बहादुर तामाङ र पछाडि सवार सोही ठाँउका २५ बर्षिय सुगम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुवैजनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित : २०७६ पुष २५ गते ८:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI